ध्रुव रिजाल
Kathmandu, Nepal
Wednesday, April 29, 2015
भूकम्प ।।
क्षितिजमा कागहरू कराय
गाेकुलमा गाइहरू कराय
मुसा दाैडिय
माछा उफ्रिय
यि वैज्ञानिक जीवहरू
मानिस भन्दा पनि वैज्ञानिक
जस्ले भूकम्प अाएकाे थाहा पाए ।
.....................................................
तिम्रो दुश्मनी
म सँग,
या मेरो खाट सँग
या मेरो सिंगै घर सँग
जाे सँग भएपनि नहल्लाउ,
नथर्काउ, नचर्काउ,
ति हल्लिदा, थर्किदा, चर्किदा
मेरो मन, मुटु हल्लिन्छ
प्रताडित हुन्छ,
विछिप्त हुन्छ,
कायल हु्न्छ,
घायल हुन्छ।
तिमि अाएर हराउदासम्म
सयाैँ अामाहरू हराउछन्
सयाैँ सन्तानहरू हराउछन्
सयाैँ अाफन्तहरू हराउछन्
तिम्रा कारणले सृजित शवहरू
शहिद हुदैनन
ति निरिह छन्
तिम्रो नियति भोग्न
तिनका देहहरू
तिमिले सृजना गरेका
धुलोमा हराउछन्
तिनका अात्मा हरू
तिमिले पारेका
दरारहरूमा हराउँछन् ।
तिम्रो दुश्मनि
ति निरिह प्राणीहरूमाथि
कीन ????
...............................
गाेकुलमा गाइहरू कराय
मुसा दाैडिय
माछा उफ्रिय
यि वैज्ञानिक जीवहरू
मानिस भन्दा पनि वैज्ञानिक
जस्ले भूकम्प अाएकाे थाहा पाए ।
.....................................................
तिम्रो दुश्मनी
म सँग,
या मेरो खाट सँग
या मेरो सिंगै घर सँग
जाे सँग भएपनि नहल्लाउ,
नथर्काउ, नचर्काउ,
ति हल्लिदा, थर्किदा, चर्किदा
मेरो मन, मुटु हल्लिन्छ
प्रताडित हुन्छ,
विछिप्त हुन्छ,
कायल हु्न्छ,
घायल हुन्छ।
तिमि अाएर हराउदासम्म
सयाैँ अामाहरू हराउछन्
सयाैँ सन्तानहरू हराउछन्
सयाैँ अाफन्तहरू हराउछन्
तिम्रा कारणले सृजित शवहरू
शहिद हुदैनन
ति निरिह छन्
तिम्रो नियति भोग्न
तिनका देहहरू
तिमिले सृजना गरेका
धुलोमा हराउछन्
तिनका अात्मा हरू
तिमिले पारेका
दरारहरूमा हराउँछन् ।
तिम्रो दुश्मनि
ति निरिह प्राणीहरूमाथि
कीन ????
...............................
Wednesday, December 10, 2014
इच्छा र सफलता
भनिन्छ मानिसको सफलता उसको इच्छाशक्तिमा निर्भर रहन्छ तर अहँ म त्यसमा विश्वास गर्दिन । मेरो सफलता मेरो इच्छाशक्ति बाहेक अन्य धेरै कुरामा निर्भर छ । यो वर्ष मेरो इच्छा शक्ति बाहेक अन्य धेरै कुराले मेरो साथ छोडेेका छन् र यो निश्चित छ कि म सफल हुन सक्दीन । यानेकी परिस्थती सँग सम्झाैता गर्नु बाहेक म सँग अन्य विकल्प रहेन ।
म मा साैदाबाजी गर्ने शक्ति अत्यन्त न्यून छ । त्यसैले म सदाँ परिस्थिति सँग सम्झाैता गर्न बाध्य हुन्छु । तर परिस्थिति मेरो निरिहपनाको भरपुर दुरूपयोग गरिरहेछ । म एउटा सरल काम सुझाउछु परिस्थिति सयाैँ जटिल काम थुपारिदिन्छ , म धेरै मानिसका सम्पर्कमा नरहन खोज्छु दिनहुँ सयाैँ मानिस मेरो गिदि कोट्याइरहन्छन्, म धेरै जोखिम नलिएर काम गरूँ भन्छु मैले दिनहुँ गर्ने हरेक हस्ताक्षारमा अाफ्नो जीवन धरापमा पारिरहेकाे अनुभुति गर्नुपरिरहेछ ।
मैले २३ बशन्त र २४ सरद कटाइसकेको छु। मतलब मेरो जीवनमा बशन्त भन्दा सरदको सँख्या एकले बढीछ । म जति वर्ष जीउने छु मैले कटाएका वशन्त भन्दा सरद बढी हुनेछन् । मैले हिजो अाज र भोली सरदलाइ बशन्त देख्ने प्रयत्न गरे, गरिरहेछु र गरिरहनेछु ।
अाज मलाइ यो परिस्थितिले साथ नदिए के भो हिजो साथ दिएकै थियो र अाशा छ भोलीकाे कुनै दिनमा पनि साथ दिनेछ । बस् खाँचो छ त प्रयत्नको ।
Sunday, July 13, 2014
bY NaVeeN
अाफ्नाे भन्नु अाफ्नाे छैन, रहर एक्लै एक्लै,
बगिजाने पानी छैन, नहर एक्लै एक्लै ।।
हुँदाे हुँत रापिलाे म उम्रन्थे नि बुट्यानहरू उजाड छु सेपिलाे म, पहर एक्लै एक्लै ।। जतिचाेटी लेखेपनि किन यस्तै हुन्छ शब्दजति एकातिर बहर एक्लै एक्लै ।। सुगन्ध छ बगैँचामा कराेगरी पुग्छ यहाँ अन्तै बग्छ बयलीकाे लहर एक्लै एक्लै ।। बगिजाने पानी छैन, नहर एक्लै एक्ले ।।।
बगिजाने पानी छैन, नहर एक्लै एक्लै ।।
हुँदाे हुँत रापिलाे म उम्रन्थे नि बुट्यानहरू उजाड छु सेपिलाे म, पहर एक्लै एक्लै ।। जतिचाेटी लेखेपनि किन यस्तै हुन्छ शब्दजति एकातिर बहर एक्लै एक्लै ।। सुगन्ध छ बगैँचामा कराेगरी पुग्छ यहाँ अन्तै बग्छ बयलीकाे लहर एक्लै एक्लै ।। बगिजाने पानी छैन, नहर एक्लै एक्ले ।।।